विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को वडा अधिवेशनअन्तर्गत बुढीगंगा गाउँपालिका वडा नं। १ को अध्यक्षमा चुडाराज अधिकारी चयन भएका छन् ।
अधिवेशनले सचिवमा सागर थापालाई सर्वसम्मत चयन गरेको छ । वडा कमिटीमा युवाहरुको उत्साहजनक सहभागिता रहेको भन्दै प्रदेश सभा सदस्य तारा राई लगायत पार्टीका नेताहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
योसँगै गाउँपालिकाको सबै ७ वटै वडामा सर्वसम्मत कमिटी निर्माण गरिएको नेकपा एमाले बुढीगंगा गाउँकमिटीले जनाएको छ