नेपाल बैंकले माग्यो ५८ जना कर्मचारी

न्युजलय ३१ माघ २०८२, शुक्रबार ११:१७ मा प्रकाशित

 काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना विभिन्न तहमा रिक्त रहेका पदहरूमा स्थायी रूपमा कर्मचारी नियुक्त गर्न ५८ जनाका लागि आवेदन माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट योग्य उम्मेदवार छनोट गर्ने जनाएको छ ।

जारी सूचनाअनुसार वरिष्ठ प्रबन्धकदेखि सहायक तहसम्मका विभिन्न पदहरू—जसमध्ये सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए) र सहायक (आईटी) का लागि दरखास्त आह्वान गरिएको हो । 

आवश्यक शैक्षिक योग्यता तथा अनुभव पूरा गरेका इच्छुक व्यक्तिहरूले अनलाइनमार्फत आवेदन दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैंकका अनुसार सामान्य शुल्कमा फागुन २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र आवेदन दिन नपाएका उम्मेदवारले थप शुल्क तिरी फागुन २८ गतेसम्म दरखास्त पेश गर्न पाउनेछन् ।