इटहरी । सुनसरीको इटहरी–७ स्थित सेक्रेड हार्ट कलेजले व्यवस्थापन शिक्षातर्फ ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रम सञ्चालनमा ल्याएको छ। कलेजले शैक्षिक गुणस्तर, व्यावसायिक दक्षता र नेतृत्व विकासलाई केन्द्रमा राखेर पूर्वाञ्चल विश्वविद्यालयसँगको सम्बन्धनमा बीबीए अध्यापन सुरु गरेको कलेजका अध्यक्ष जीवप्रसाद गुरागाईले जानकारी दिए ।
कलेजका अनुसार बीबीए कार्यक्रमले व्यवसाय तथा व्यवस्थापन क्षेत्रमा आवश्यक सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्नेछ। व्यवस्थापन, वित्त, मार्केटिङ, मानव स्रोत व्यवस्थापन तथा उद्यमशीलताका विषयमा बलियो आधार निर्माण गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी व्यावसायिक क्षेत्रमा सक्षम बनाउने लक्ष्य कार्यक्रमको रहेको छ। पूर्वाञ्चल विश्वविद्यालयको बीबीए कार्यक्रम चार वर्षे तथा आठ सेमेस्टरमा आधारित रहेको कलेजले जनाएको छ ।
कलेजकाअनुसार विद्यार्थीहरूले केस स्टडी, प्रोजेक्ट कार्य, प्रस्तुतीकरण, कार्यशाला तथा इन्टर्नसिपमार्फत व्यावहारिक ज्ञान तथा अनुभव पाउनेछन् । दक्ष तथा अनुभवी प्राध्यापकहरूले विद्यार्थीमा नेतृत्व क्षमता, सञ्चार कौशल, निर्णय क्षमता तथा उद्यमशील सोचको विकास गर्ने विश्वास कलेजले व्यक्त गरेको छ।
कलेजका अध्यक्ष जिबप्रसाद गुरागाईंले बीबीए कार्यक्रम शुभारम्भसँगै विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरुको आकर्षण बढेको जानकारी दिए । उनले सेक्रेड हार्टले शैक्षिक उत्कृष्टता, अनुशासन र समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र बीबीए कार्यक्रमले त्यसलाई झन् उचाईमा पुर्याएको जानकारी दिए । उनले नेपालकै लागि दक्ष, जिम्मेवार र सक्षम व्यवसायिक नेतृत्व उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै, कलेजका प्रिन्सिपल डिककुमार तामाङले व्यवस्थापन शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई व्यवहारिक अनुभवसँग जोडिनुपर्ने आवश्यकता औंल्याए । उनले बीबीए कार्यक्रमले विद्यार्थीलाई आधुनिक व्यावसायिक संसारका चुनौती सामना गर्न सक्षम बनाउने बताए । रचनात्मक सोच, व्यावसायिक नैतिकता र आलोचनात्मक विश्लेषण क्षमताको विकासमा कलेज प्रतिबद्ध रहेकोसमेत उनले जनाए ।
कार्यक्रम संयोजक केवलमणी रिजालले बीबीए कार्यक्रम केवल शैक्षिक डिग्री हासिल गर्ने माध्यम नभई विद्यार्थीलाई सक्षम व्यवस्थापक, सफल उद्यमी र जिम्मेवार नेतृत्वका रूपमा विकास गर्ने आधार भएको बताए। उनका अनुसार पूर्वाञ्चल विश्वविद्यालयको करिअरमुखी तथा संरचित पाठ्यक्रमलाई अनुभवी प्राध्यापक, आधुनिक शिक्षण पद्धति, केस स्टडी, परियोजनामूलक सिकाइ, प्रस्तुतीकरण, औद्योगिक भ्रमण तथा इन्टर्नसिपसँग जोडेर अध्यापन गरिनेछ। यसले विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने उनको विश्वास छ। उनले सेक्रेड हार्ट कलेजले विद्यार्थीको व्यक्तित्व विकास, व्यावसायिक नैतिकता, नेतृत्व क्षमता तथा नवप्रवर्तनशील सोचको विकासलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै बीबीए अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि यो उत्कृष्ट अवसर भएको बताए।
कलेजका अनुसार बीबीए अध्ययनका लागि मान्यता प्राप्त बोर्ड वा विश्वविद्यालयबाट प्लस टु वा सो सरह उत्तीर्ण विद्यार्थी योग्य हुनेछन्। पूर्वाञ्चल विश्वविद्यालयको बीबीए कार्यक्रम व्यवस्थापन शिक्षा, सञ्चार सीप र उद्यमशील क्षमता विकासमा केन्द्रित रहेको विश्वविद्यालयले जनाएको छ।
सेक्रेड हार्ट कलेजले शैक्षिक उपलब्धिसँगै सह–पाठ्यक्रम तथा अतिरिक्त क्रियाकलाप, नेतृत्व तालिम, व्यक्तित्व विकास कार्यक्रम र सामुदायिक सहभागितालाई पनि प्राथमिकता दिएको जनाएको छ। कलेजले विद्यार्थीलाई उच्च शिक्षा, रोजगारी तथा उद्यमशीलताको क्षेत्रमा सफल बनाउन आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
कलेज प्रशासनका अनुसार बीबीए कार्यक्रमका लागि सीमित सिट उपलब्ध रहेकाले इच्छुक विद्यार्थीलाई समयमै भर्ना प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। “आजको सही निर्णयले भोलिको उज्ज्वल भविष्य निर्माण गर्छ” भन्ने नारासहित कलेजले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको जनाएको छ।