सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचाको अध्यक्षमा मातृका प्रसाद ढकाल चयन भएका छन् । मंगलबार विराटचौकस्थित जेसिज भवनमा भएको प्रथम नगर अधिवेशनबाट ढकाल सर्वसहमतिमा अध्यक्ष चयन भएका हुन् ।
सुरुमा मातृकाप्रसाद ढकाल, रोशन प्रसाद ढकाल र उमेश वस्तीको समेत दावेदारी रहेकोमा अन्तिम अवस्थामा अन्य २ उम्मेदवारले मातृका प्रसाद ढकाललाई नै समर्थन गरेपछि सर्वसहमतिमा नेतृत्व चयन भएको जनाइएको छ ।
यसैगरि नगर कमिटीका अन्य सबै पदमा पनि सहमति जुटेको छ । कमिटीको उपाध्यक्षमा अकली चौधरी चयन भएका छन् भने सचिवमा सन्तोष घिमिरे, २ जना उपसचिवमा डिल्ली ढकाल र डिल्ली लुइँटेल चयन भएका छन् । यसैगरि नगर कमिटीका सदस्यहरु समेत सर्वसहमतिमा चयन भएका छन् । उपाध्यक्षमा अकली चौधरीलाई सर्वसहमति गरिएको थियो ।