काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला तीन हजार ६०० र चाँदीको मूल्य १५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार १०० कायम भएको छ ।
यस्तै चाँदीको मूल्य चार हजार ७७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।