काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार खरेलले ११ हजार ५४७ मत प्राप्त गरी जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रेमकृष्ण महर्जनले १ हजार ५२१ मत मात्र पाएका छन्। खरेल र महर्जनबीचको मतान्तर १० हजार २६ रहेको छ।
त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जनले १ हजार १३६ मत प्राप्त गरेका छन्।