भारतीय र नेपाली गीतमा अभिनय गरेर चर्चामा आउने तान्जानियाली भाइ बहिनी

न्युजलय १८ मङ्सिर २०७८, शनिवार ०८:१२ मा प्रकाशित

ऐजेन्सी । तपाइले इन्स्टाग्राम र टिकटकमा तान्जानियाका भाइबहिनीको जोडीका भिडियोहरू हेर्नुभएकै होला । लोकप्रिय बलिउड गीतहरूमा लिपसिंक गर्ने यो जोडीले धेरै सर्वसाधारण र सेलिब्रेटीहरूको मन जितेका छन् ।


उनीहरुको नाम किली र नीमा पल हो । उनीहरु रातारात इन्टरनेटमा भाइरल बनेका छन् । किली र नीमा तान्जानियाका भाइ बहिनी हुन् । किली डान्सर हुन् । किली पलको इन्स्टाग्राममा १ लाख ८० हजार फलोअरहरू छन् । आफ्नो इन्स्टाग्राममा १ लाख फलोअर पुग्यो भने आफ्नी बहिनी नीमाको लागि पनि खाता खोल्ने वाचा गरेका थिए । त्यो उनले पुरा गरे । नीमाको इन्स्टाग्राममा २ हजार ५ सय फलोअर्स छन् ।


कसरी भाइरल भए ?

किली र नीमा दुबै फिल्म शेरशाहको राता न लामोयाँ बोलको गीतमा लिप्सिङ गरेपछि चर्चामा आए । यो गीतमा केही कडा भारतीय शब्दहरू थिए तर यो जोडीले दुरुस्तै गरे । अहिले यो जोडीको सबै भिडियोहरु भाइरल भइरहेका छन् । यिनीहरुले नेपाली गीतमा पनि अभिनय गरेका छन् । जुन उस्तै मिल्छ । किली र नीमालाई अहिले बलिउडका  संगीतकारहरूले कामको अफर गरेका छन् ।