काठमाण्डौ । आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० विन्दुमा झरेको छ ।
आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार, जलविद्युत्, होटल तथा पर्यटन, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन चार अर्ब ८१ करोड बराबरको कारोबार भएकोमा आज तीन सय २७ वटा कम्पनीका एक करोड तीन लाख कित्ता शेयर चार अर्ब पाँच करोड रुपैयाँमा कारोबार भएको छ ।