पाकिस्तानको ब्रड पिक हिमपहिरोमा निर्मल पुर्जासहित १० जना आरोही बेपत्ता

न्युजलय १५ साउन २०८३, शुक्रबार ११:५८ मा प्रकाशित

काठमाडौं । पाकिस्तानको ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) र पाकिस्तानी आरोही सोहेल साखीसहित १० जना आरोही बेपत्ता भइरहेका छन् ।

पाकिस्तानको अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार बेपत्ता हुनेमा ६ जना नेपाली, एक पाकिस्तानी, एक ओमानी, एक अमेरिकी र एक चिनियाँ आरोही रहेका छन्।

बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जा, पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, नीमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा छन्। 

एसीपीले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, एसीपीका वरिष्ठ उपाध्यक्ष करार हैदरीले पाकिस्तान सेनाको एभिएसन शाखाका दुई उद्धार हेलिकोप्टर, उद्धारकर्मी र विशेष उपकरणसहित उनीहरुको खोज तथा उद्धार अभियान जारी रहेको छ।


‘