नेप्से परिसूचक घट्यो

न्युजलय २४ असार २०८३, बुधबार ०५:१० मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ।

आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ।

आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो। आज २५ कम्पनीको सेयर बढ्यो भने २४७ कम्पनीको सेयर घट्यो।