२०७८ साल मङ्सिर १३ गते सोमबार

सुर्खेतमा बेवारिसी बम बिष्फोट, दुई जना घाइते

न्युजलय ६ कार्तिक २०७८, शनिवार ०७:४२ मा प्रकाशित
सुर्खेत । सुर्खेतमा बम बिष्फोट हुँदा दुई जना घाइते भएका छन् । आज वीरेन्द्रनगर नगरपालिका ७ कटकुवा सामुदायिक वनमा बेवारिसी बम बिष्फोट हुँदा दाउरा काट्न गएका दुई जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा २१ वर्षीया लिला परियार र १४ वर्षीय नरेश नेपाली छन् । नरेशलाई मुख र आँखामा छर्रा लागेको छ । लिलालाई पनि बलमे घाइते बनाएको छ । उनीहरु अस्पतालमा उपचाररत छन् ।

बम कसले छाड्यो भन्नेबारे अनुसन्धन भइरहेको छ । घटनाको अनुसन्धानका लागि सेनाको टोली पठाइएको छ ।