काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरेसमक्ष माग गरेका छन्।
सभामुख घिमिरेसँग शुक्रबार उनकै कार्यकक्षमा पुगेर उनले निलम्बन फुकुवाका लागि निवेदन दिएका हुन्।
उनले कास्की, काठमाडौँ र रुपन्देही जिल्ला अदालतले धरौटीमा रिहा गरेको र फौजदारी कसुरमा दोषी ठहर नभइसकेको भन्दै सांसद पदबाट निलम्बन गर्न नहुने तर्क गरेका छन्।
पुस २५ गते कास्की जिल्ला अदालतले रविसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा ६५ करोड रूपैयाँ धरौटी माग गरेको थियो। त्यस्तै माघ २ गते काठमाडौँ जिल्ला अदालतमा उनले ६० लाख बुझाउनुपरेको थियो भने रूपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका थिए।