कोशी प्रदेशका सुनसरीलगायतका तीन जिल्लामा क्षयरोगका बिरामी उच्च

न्युजलय २९ जेठ २०८०, सोमबार ०२:४९ मा प्रकाशित

काठमाडौँ । कोशी प्रदेशका तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । 

चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयले जनाएको छ । 

सुनसरीमा आठ सय ७५ जना, मोरङमा एक हजार तीन जना, झापामा नौ सय २३ जना, र उदयपुरमा दुई सय ४२ जना क्षयरोगका बिरामी रहेको बताइएको छ । यसैगरी तथ्याङ्कमा ताप्लेजुङमा ४६ जना, सङ्खुवासभा ५२ जना, सोलुखम्बु ४४, खोटाङ ५५, भोजपुर ५३, धनकुटा ६४, तेह्रथुम २३, पाँचथर ४८ र इलाममा ९२ जना रहेको देखिन्छ ।

नेपालमा कूल जनसङ्ख्याको ४५ प्रतिशत व्यक्ति क्षयरोगबाट सङ्क्रमित रहेको अनुमान गरिएको छ ।