चीनको रासायनिक प्लान्टमा विष्फोट हुँदा पाँचजनाको मृत्यु

न्युजलय १५ जेठ २०८२, बुधबार १२:१३ मा प्रकाशित

काठमाडौँ ।  चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा विष्फोट हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १९ जना घाइते भएका छन्। 

मंगलबार राती भएको उक्त दुर्घटनामा छजना बेपत्ता भएको बताइएको छ। स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। 

यहाँ कीटनाशक र औषधि उत्पादन हुँदै आएको थियो।