सेयर बजारमा उछाल

न्युजलय २८ साउन २०८१, सोमबार ०९:४० मा प्रकाशित

काठमाडौं । सेयर कारोबारमा दिनदिनै रेकर्ड ब्रेक हुन थालेको छ। सोमबार नेप्से र कारोबार दुवैमा नयाँ रेकर्ड कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १०.५६ अंकले बढेर ५१२.४७ विन्दुमा अडिएको छ।

नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा पुगेको छ भने २७ अर्ब माथिको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार नेप्से २८६०।९१ विन्दुमा पुगेको थियो भने २५ अर्ब ७७ करोडको सेयर कारोबार भएको थियो।

आइतबारको तुलनामा आज परिसूचक र कारोबार दुवै बढी हो। यसदिन ३३९ स्क्रिप्सको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँमा खरिदबिक्री भए। यसदिन १० कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

२७ अर्ब बढीको  सेयर कारोबार भएको बजारमा कुथेली बुखारी हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो।