यस्तो छ आजको मौसम पूर्वानुमान

न्युजलय २४ कार्तिक २०७८, बुधबार ०८:३६ मा प्रकाशित

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी गराएको हो ।


महाशाखाकाअनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।


साथै महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।