काठमाडौं । नेप्से सोमबार(आज) ४९.३१ अंकले घटेर १८८४.८१ विन्दुमा अडिएको छ । आज १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
करिब ३२ सय विन्दुबाट १० महिनाकै अवधिमा नप्सेमा यति धेरै गिरावट आएको हो । यसअवधिमा सूचक १३ सय अंकभन्दा बढीले तल झरिसकेको छ । लगानीकर्ताहरुको सम्पति मापन गर्ने बजार पुँजीकरण पनि झन्डै १८ खर्ब रुपैयाँले तल झरेको छ ।
आज २३० कम्पनीको ६१ लाख ८६ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । ११ करोड ८३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र हिमालयन डिष्टिलरी परेका छन् ।