नेप्से घट्यो

न्युजलय ३० चैत २०८२, सोमबार ०३:२४ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।

नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

शुक्रबार आठ अर्ब ९९ करोड रूपैयाँको कारोबार भएकोमा आज आठ अर्ब ६६ करोड रूपैयाँको कारोबार भएको छ।