बढ्यो सुनको मूल्य

न्युजलय ३१ चैत २०८२, मङ्गलबार ०६:१२ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । 

त्यस्तै चाँदीको भाउ तोलामा १६५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९ सय रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार ६५ रुपैयाँ पुगेको छ ।