टेलिसिरियल ‘हल्का रमाइलो’ अब नेपाल टेलिभिजनमा हेर्न नपाइने

न्युजलय ११ कार्तिक २०७८, बिहिबार १०:५९ मा प्रकाशित

काठमाण्डौ । हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब नेपाल टेलिभिजनमा हेर्न नपाइने भएको छ । 

विगत लामो समयदेखि प्रसारण हुँदै आएको टेलिसिरियल नेपाल टेलिभिजनबाट निस्किएको छ । नेपाल टेलिभिजनबाट ‘हल्का रमाइलो’ आफुहरुले निकालेको सिरियलका निर्देशक, निर्माता तथा कलाकार राजु पौडेल ‘राजु मास्टर’ले बताए ।

नेपाल टेलिभिजनले भन्दा हिमालय टेलिभिजनले राम्रो पैसा दिएको छ । अब त्यता प्रसारण हुन्छ ।’ ‘हल्का रमाइलो’ अब नियमित हिमालय टेलिभिजनबाटै आउने पौडेलले जानकारी दिए । 

टेलिसिरियल हिमालय टेलिभिजनमा आगामि आइतबारदेखि प्रशारण हुन लागेको हो । राजु पौडेलको अलवा मरिचमान श्रेष्ठको समेत लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ मा मरिचमान र राजु अलवा सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्जवल खड्का, सविना आचार्य, सविना गिरी लगायत कलाकारको अभिनय रहदै आएको छ ।