काठमाडौँ । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प जाँदा दुई जनाको मृत्यु भएको छ ।
चाइना भूकम्प नेटवर्क सेन्टरले भूकम्पमा परी एक जना बेपत्ता भएको जनाएको हो । सोमबार बिहान लिउनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
उक्त भूकम्प जमिनको सतहबाट करिब ८ किलोमिटर गहिराइमा मापन गरिएको थियो । भूकम्प गए लगत्तै स्थानीय आपत्कालीन सेवा, दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन् ।