मेष । नीति नियम पालनामा विशेष ध्यान दिनुहोला। सम्बन्धहरूमा संवेदनशीलता बढ्नेछ। वरिष्ठ व्यक्तिहरूसँग व्यक्तिगत तनाव लिनदेखि बच्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
वृष । कार्यक्षेत्रमा रोकिएको कामले गति लिनेछ। ज्ञान आधारित प्रतिस्पर्धामा अघि रहीनेछ। भाग्यको साथले आर्थिक पक्षमा लाभ दिलाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।
मिथुन । बोलिचालिमा धैर्यताले आजको दिनको रुपरेखा तैयार हुनेछ। हत्तारमा लिएका निर्णयहरूबाट हानी नोक्सानी बेहोर्नुपर्ला। पारिवारिक सम्बन्धमा आपसी समझदारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कर्कट । नयाँ प्रयोगमा सफलता मिल्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। धैर्य वा पराक्रमबाट अधिकार स्थापित गर्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
सिंह । निर्णय लिनुभन्दा अघि दुवै पक्षको कुरा सुन्नुहोस्। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ। कामको मेसो नमिल्दा पछि परिनेछ। सवारी साधनमा धन खर्चका योग छन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
कन्या । कार्यक्षेत्रमा दक्षता बढ्नेछ। राजनीतिक गतिविधिमा सक्रिय भूमिका निभाउनु पर्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।
तुला । नोकरी वा पेशामा अधिकारी वर्गहरूको सहयोग पाइनेछ। नयाँ कार्यको जग बसाउने समय रहेको छ। चुनौती पन्छ्याउँदै कार्यक्षेत्रमा लगनशील रहनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक । धर्मकर्ममा मन लाग्नेछ। मेहनतको परिश्रमले परिष्थितिलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
धनु । आफन्तहरूबाट कुनै शुभ सूचना मिल्नेछ। स्वास्थ्यलाई लिएर सतर्क रहनुहोला। अरुलाई सहयोग गरेर मन प्रसन्न रहनेछ। सामाजिक समारोहमा भाग लिने अवसर मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मकर । यात्रा गर्दा अनजान व्यक्ति माथि विश्वास नगर्नुहोला । समय अनुरुप चल्नुहोस् नभए पछाडि परिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सानो प्रयत्नले पनि लाभको नयाँ अवसर लेर आउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ । धैर्य र पराक्रममा वृद्धि हुनेछ। संवेदनशील मामलाहरूमा घरपरिवारका सदस्यहरूको सहयोग मिल्नेछ। घर परिबारमा कुनै धार्मिक आयोजन हुन सक्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ ।
मीन । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। दिगो लाभ हुने कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। कारोबार विस्तारका लागि योजनाहरू बन्नेछन्। पशुपालनबाट लाभ होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
स्रोत हाम्रोपात्रो