काठमाडौं । सोमबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ ।
सुनको मूल्य प्रतितोला ८ सयले बढेर २ लाख ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २० रुपियाँले घटेर ५ हजार ४० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।