इटहरी । लोक गायकबाट ख्याति कमाएका प्रकाश सपुतको ‘पीर’ गीत अहिले नेपालमा ‘टे«न्डीङ’ मा छ ।
उता भारतमा पनि विवेक अग्निहोत्रीले बनाएको ‘द कश्मीर फायल’ ले तहल्का मचाएको छ । प्रकाशको ‘पीर’ले १० वर्षे जनयुद्धकालको एउटा दुःखलाई १६ मिनेटको गीतमा कथा बनाएर प्रस्तुत गरेका छन् । अन्निहोत्रीले पनि आज भन्दा ३२ वर्ष पहिला भारतको कश्मीरमा भएको एउटा विवत्स कलहको बारेमा फिल्म बनाएका हुन् ।
‘पीर’ मा टाडावाठा जनयुद्धका नायक भनिनेहरु देशको राजगद्दिमा पुगेको तर उनिहरुसँगै काँधमा काँध मिलाएर ज्यानको आहुति दिनसम्म तयार रहेकाहरु नरकिय जीवन विताउन बाध्य रहेको देखाइएको छ ।
यो गीतले माओवादी वृत्तमा ठूलै कम्पान ल्याएको छ । माओवादी निकट भातृ संगठनका मुखियाहरु यो गीतको विरोधमा खुलेरै लागेका छन् । यतिसम्मकी उनिहरु यो गीत युटुबाट हटाउनुपर्ने र प्रकाशले माफि माग्नु पर्ने माग राखिरहेका छन् । १० वर्षे जनयुद्दमा भने यीनिहरु होमिएका भने होइनन् ।
तर जनयुद्दको कमाण्ड सम्हालेका डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने यो गीतमा अनावश्यक वहस भएको बताउँछन् । डा. भट्टराईले ट्वीट गर्दै गीतमा जनयुद्दताका सत्य विषयवस्तु नै प्रस्तुत गरिएको बताएका छन् । यता अध्यक्ष ‘प्रचण्ड’ पनि यसको विरोध गर्नु नपर्ने बताउँछन् ।
चुनाव नजिकिँदै गर्दा नियोजित रुपमा यो गीत माओवादीलाई गलत देखाउने उद्देश्यका साथ ल्याइएको गीतको विरोधमा उफिर्नेहरुको आरोप छ । तर गायक सपुतले भने यसको खण्डन गरेका छन् । अर्कोतर्फ जनयुद्दमा नभएको विषयलाई अर्नगल प्रचार गरिएको आरोप पनि यो गीत माथि छ ।
जनयुद्दमा होमिएकी एक महिला विदेशीएको, देहव्यापारमा लागेको दृश्य देखाइएको छ । यसले आम नारीको इज्जतको धज्जि उडाएको भन्दै पनि यो गीत विरुद्ध अवाज उठेका छन् । तर अधिकांशले भने जनयुद्दको बास्तवीक कथालाई गीतको कथावस्तु बनाएर प्रस्तुत गरेको मा गायक सपुतलाई धन्यवाद दिइरहेका छन् ।
यता चलचित्र निर्माता अग्निहोत्रीले बनाएको ‘द कस्मीर फायल’ ले पनि एक कहालिलाग्दो इतिहाँको बास्तवीकतलाई कथावस्तु बनाएको छ । सन् १९९० सालमा भारतको कस्मीरका पण्डीतमाथि भएको अन्याय पूर्ण व्यवहारलाई चलचित्रमा समेटिएको छ । यो चलचित्रमा मिथुन चक्रवर्ती, अनुपम खेर र दर्शन कुमार तथा अन्य कलाकारले भूमिका निभाएका छन् ।
चलचित्रको मुख्य भूमिकामा भने अनुपम खेर रहेका छन् । यो चलचित्रमा सन् १९९० मा ‘कश्मीरी पण्डीत’लाई कश्मीर उपत्यकाबाट लखेटिएको, विवत्स हत्या भएको देखाइएको छ । चलचित्रमा पकिस्तानी इस्लामीहरुले सन् १९९० को जनवारी र मार्चमा ‘कश्मीरी पण्डीत’लाई त्यहाँबाट पलायन गराएको देखाइएको छ ।
यो चलचित्रले अहिले भारतको चलचित्र नगरी मात्रै नभएर सिंगो भारतलाई एउटा सोचमा डुबाएको छ । यो चलचित्रले सत्य कथा वकालत गरेको भन्दै चलचित्र देखाएबापत लाग्ने मनोरञ्जन कर उतर प्रदेश सरकारले मिनाहा गरेको छ ।
यो प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कर मिनाहाको घोषणा गरेका हुन् । यस्तै अन्य ५ राज्यमा पनि ‘द कश्मीर फाइल’लाई ‘कर छुट’ गरिएको छ । तर केहि राज्यले भने यो चलचित्रले हिन्दु–मुश्लीम द्वन्द बढाएको भन्दै ‘ब्याण्ड’ गरेका छन् ।
कतिपय चलचित्रका कलाकारहरुले पनि यो चलचित्रले द्धन्द बढाएको भन्दै हलमा लाग्न नदिन अनुरोध गरेका छन् । चलचित्र हलमा मात्रै होइन् कतिपय ठाउँमा यो चत्रचित्रको प्रचार प्रसारमा पनि बाधा खडा भएको छ ।