सेयर बजार निरन्तर ओरालोतिर

न्युजलय ४ बैशाख २०८१, मङ्गलबार ०९:३३ मा प्रकाशित

काठमाडौं । सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ। 

आज नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा झरेको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यसदिन ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख १९ हजार २१८ रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो कारोबार दिन सोमबार १६.८२ अंकले घटेर बन्द भएको सेयर बजारमा २ अर्ब ७९ करोड मूल्य बराबरको कारोबार भएको थियो। त्यसअघि आइतबार ३ अर्ब ६ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।