विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलिया, आइतबार भारतसँग भिड्ने

न्युजलय ३१ कार्तिक २०८०, शुक्रबार ०१:०५ मा प्रकाशित

कोलकाता । आईसीसी वनडे विश्वकप २०२३ को दोस्रो सेमीफाइनलमा अस्ट्रेलिया तीन विकेटले विजयी भएको छ ।


यो विजयसंगै अस्ट्रेलियाले आगामी आइतवार अहमदावादमा भारतसंग फाइनल खेल खेल्ने पक्का भएको छ ।


जीतसंगै अस्ट्रेलिया आठौं पटक फाइनलमा उत्रिने पक्का भएको हो, जबकि भारतीय टीमको यो विश्वकपमा चौथो उपाधि भिडन्त हुने छ ।


दक्षिण अफ्रीकाले दिएको २१३ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेका अस्टे्रलियाले यो सामान्य लक्ष्य सहजै भेट्टाउन भने सकेन । उसले यसका लागि ४७.२ ओभरसम्म खेल्नु पर्यो ।


खेलमा ट्रभिस हेडले ६२ रन तथा डेविड वार्नरले २९ रनको योगदान दिए । मिचेल मार्स शून्य रनमै आउट भएको आजको खेलमा स्टेभन स्टिभले ३० रन बनाए भने मार्नस लाबुसेनले १८ रनको योगदान दिए । ग्लेन म्याक्सवेलले एक रन मात्र बनाएको आजको खेलमा जोन इङलिसले २८, मिचेल स्टार्चले १६ तथा कप्तान पाट कमिन्सले १४ रन बनाए ।


दक्षिण अफ्रीकाका जेरार्ड कोएत्जी तथा तब्रिज शाम्सीले समान दुई विकेट लिए भने कासिगो रबाडा, एडेन मार्करम तथा केशव महाराजले समान एक विकेट लिए ।