धनकुटा । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा अवरुद्ध बनेको धरान–धनकुटा सडकखण्ड मर्मत तीव्र बनाइएको छ । बुधबार बिहानदेखि मर्मत थालिएको हो ।
बाढीले साँगुरीगढी ६ फेदीमा करिब ५० मिटर सडक बगाएको थियो । सडक बगाउँदा गन्तव्यमा हिडेका सयौं सवारी साधनहरु हिजोदेखि नै बिच बाटोमा रोकिएका थिए ।