काठमाडौं । साताको कारोबारको तेस्रो दिन पनि नेप्सेमा हरियाली भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१७ कम्पनीका ७३ हजार ६ सय ६७ पटकको कारोबारमा १ करोड ३२ लाख ४१ हजार २ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २० करोड ६२ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले बढेर ३७७ दशमलव ६० को विन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये ११ वटाको परिसूचक बढेको छ भने २ वटाको घटेको छ ।