घट्यो नेप्से

न्युजलय २४ मङ्सिर २०८१, सोमबार ०३:४८ मा प्रकाशित

काठमाडौं । सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आइतबार ४५.९३ अंक र सोमबार १२.८४ अंक गरी यो दुई दिनमा नेप्से ५८.७७ अंक घटेको हो।

आज २६७६.१५ विन्दुमा बन्द भएको छ। यसदिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।

आइतबार सात अर्ब ४६ करोडको सेयर कारोबार भएकोमा सोमबार पाँच अर्ब ६२ करोडको सेयर कारोबार भएको छ। 

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८४ करोड रूपैयाँ कमी आएको हो।