काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से झिनो अंकले बढेको छ । आज नेप्से १.२७ अंकले बढेर २०७८.७६ विन्दुमा पुगेको छ ।
आज करिब साढे ३ अर्बको रुपैयाँको कारोबार भएको छ । आज ७२ लाख ९ हजार ७५७ कित्ता शेयर ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कम्पनीको शेयर कारोबार हुँदा १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।