काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम मतगणना सुरु भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्।
उनले समानुपातिकतर्फको नतिजा पनि विगतभन्दा छिटो आउने दाबी गरेका छन्।