नेप्से १६.५४ अंकले घट्यो

न्युजलय १५ असार २०८३, सोमबार ०४:२८ मा प्रकाशित

काठमाडौं । सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा अडिएको छ।

३५१  वटा स्क्रिप्सको ७६ लाख ९९ हजार  २२७ कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख  ३२ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

नेप्से परिसूचक दोहोरो अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। टक्सार पिखुवा खोला हाइड्रोपावर,याम्बलिङ हाइड्रोपावर,स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थो सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।