साइप्रसले माग्यो नेपाली पुरुष महिला कामदार

न्युजलय २४ पुस २०७८, शनिवार ०९:५३ मा प्रकाशित

 काठमाडौं । साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ ।  

आछेपन्स शहरमा रहेको ae cy employment and immigration services  कम्पनीले २ जना पुरुष र १८ जना महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्नसहित ४२ हजार माथि पाउनेछ ।