श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा रमाउँदै पूर्वमिस नेपालहरु

न्युजलय २६ मङ्सिर २०८०, मङ्गलबार ०३:३६ मा प्रकाशित

काठमाडौं । बिहीवार विवाहको तयारीमा रहेकी पूर्वमिस नेपाल श्रृंखला खतिवडाको आज ‘मेहेन्दी समारोह’ चलिरहेको छ । श्रृंखलाको ‘मेहेन्दी सेरेमोनी’मा पूर्वमिस नेपालहरु पुगेका छन् ।

हायात होटलमा भैरहेको सेरेमोनीमा श्रृंखलाले हातमा  मेहेन्दी लगाएको तस्वीरमा देख्न सकिन्छ । तस्वीरमा पूर्व मिस नेपालहरु उषा खड्गी, सदिक्षा श्रेष्ठ, प्रिया सिग्देल, सुगरिका केसी, जेनिशा मोक्तान लगायत देखिएका छन् । 

बिहीवार होटल हायातमै संचार उद्यमी सम्भव सिरोहियासँग श्रृंखलाको विवाह समारोह हुँदैछ ।