पाँचथर । पाँचथरमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राजेन्द्र घिसिङ पक्राउ परेका छन्।
पाँचथरमा ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हिलिहाङ गाउँपालिका–६ बस्ने २१ वर्षीय राजेन्द्र घिसिङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।
राजेन्द्रले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका घिसिङ माथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।