आज अप्रिल फुल मनाइँदै

न्युजलय १८ चैत २०७८, शुक्रबार १२:२५ मा प्रकाशित

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ । आजको दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मुर्ख बनाएर रमाइलो गर्छन् ।

 

नेपालमा पनि अप्रिल फुल मनाउने प्रचलन छ ।   


धेरै पहिला अप्रिल १ लाई नै नयाँ वर्षको पहिलो दिन मानिन्थ्यो । मानिसहरु जनावरी १ लाई होइन अप्रिल १ लाइ नै ‘न्यु एअर’ मान्दथे । पछि केहीले आन्दोलन गरेर जनवरीलाई पहिलो महिना माने र ति पहिलाको जस्तै अप्रिल महिनालाई नै पहिलो महिना मान्नेहरूको नै ब्यङ्ग्य गर्न लागे र अप्रिल फुलको सुरूवात भएको हो ।