काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिनेको संख्या १९ लाख नजिक पुगको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ः३० बजेसम्ममा १८ लाख ७० हजार ७०९ जना आवेदकहरुले २ करोड १२ लाख २६ हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् । बलेफीले भने चैत १६ गतेबाट सर्वसाधारणका लागि १६ लाख ६३ हजार ४५३ कित्ता आइपीओ निष्कासन गरेको हो ।
कुल १८ लाख २७ हजार ९७० कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । यस आइपीओमा चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।