अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

न्युजलय ३० साउन २०८०, मङ्गलबार ०४:१८ मा प्रकाशित

गुल्मी । अरिङ्गालको टोकाइबाट गुल्मीमा १ जनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका –४ का २१ वर्षीय शैलेस सिंह ठकुरीको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

सोमबार बेलुका साथीहरुसंग देवीस्थान सामुदायिक वनको जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा अरिङ्गालले टोक्दा ठकुरी घाइते भएका थिए। 

घाइते ठकुरीको तम्घास अस्पतालमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीले जनाएको छ ।