काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ ।
साढे २ वर्षअघि ब्रोकर कमिसन घटाएको बोर्डले यसपटक करिब १० प्रतिशतका दरले कमिसन घटाउने निर्णय गरेको हो ।
बोर्डको निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालय पठाउने तयारी भईरहेको स्रोतको जनाएको छ। धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा बनेको अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो । सोही समितिको प्रस्ताव अनुसार बोर्डको सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पठाउने भएको छ ।
संशोधित नयाँ कमीसन अनुसार हाल सेयर कारोबारमा रहेको अधिकतम ०.४० प्रतिशतको माथिल्लो सीमा ०।३६ प्रतिशत पुग्नेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गर्ने निर्णय भएको धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।