बसको ठक्करबाट देउसी खेल्न हिडेका दुई जनाको मृत्यु, बसमा आगजनी

न्युजलय २१ कार्तिक २०७८, आइतबार ०१:०५ मा प्रकाशित

हेटौंडा । देउसी खेलिरहेको समुहलाई गाडीले ठक्कर दिँदा हेटौंडा १९ नेवारपानीमा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् ।

शनिबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गतको रजैया सडकखण्डमा गुडिरहेको बसले देउसे टोलीलाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घटनामा ७–८ जना गम्भीर घाइते भएको स्थानीयको भनाइ छ । घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् ।