१२.१० अंक घट्यो नेप्से

न्युजलय ३ माघ २०८०, बुधबार ०९:१५ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) कारोबार भइरहँदा २२ सय अंक नाघेको सेयर बजार अन्ततः घटेको छ । बुधबार अघिल्लो दिनको तुलनामा नेप्से १२.१० अंक घटेको हो ।

समग्र बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब २ करोडको कारोबार भएकोमा आज ९ अर्ब ७६ करोडको कारोबार भयो । ६३ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ४ को स्थिर रह्यो ।

बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स र अन्यबाहेकका सबै समूह घटे । बैंकिङ ४, विकास बैंक ८, माइक्रोफाइनान्स ११ र अन्य समूह ३२ अंक बढे । फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै घटे ।फाइनान्स समूह ३।५ र हाइड्रोपावर समूह २.८ प्रतिशत घटे ।

अंकका आधारमा फाइनान्स ६७, होटल तथा पर्यटन ८०, हाइड्रोपावर ७७, जीवन बीमा १३२, उत्पादन १२०, निर्जीवन बीमा ३२ र ब्यापार समूह ४७ अंक घटे ।