काठमाडौं । नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) नेपाल टुरमा आउने भएका छन् ।
उनी ‘नेपाल टुर’का लागि नेपाल आउन लागेको सांगीतिक कार्यक्रम आयोजक ब्रेनसर्भिसका संस्थापक रिशम महर्जनले जानकारी दिए ।
उनले आफ्नो जन्म सहर कलंकीलगायत देशका विभिन्न सहरुमा प्रस्तुति दिने बताइएको छ । अमेरिकन आइडलपछि पहिलो पटक नेपाल आउन लागेका उनको स्वागतमा अहिलेदेखि नै कलंकीमा आकाशमा एउटा ठूलो बेलुन उडिरहेको छ । जसमा अर्थर गनको फोटोसहित ऊ घर आइरहेको छ भन्दै लेखिएको छ ।
कार्यक्रम यही भदौमा हुने बताइएको छ । पोखरेल सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनरअप भएका थिए । उनले आफू नेपाल आउन लागेको जानकारी आफ्नै सामाजिक सञ्जालबाट पनि दिएका छन् ।