काठमाण्डौ । कलाकार दीपकराज गिरी पुनः सानो पर्दामा फर्किने भएका छन् । उनी ‘क्राइम पेट्रोल नेपाल’ नाम टेलिभिजन कार्यक्रममार्फत सानो पर्दामा देखिने भएका हुन् ।
उक्त कार्यक्रम सञ्चारकर्मी रवि लामिछानेको टेलिभिजन च्यानल ‘ग्यालेक्सी फोरके’ मार्फत आउन लागेको हो । गिरीले सामाजिक सञ्जालमा एक स्टाटस पोष्ट गर्दै अब केही दिनमा ‘क्राइम पेट्रोल नेपाल’ कार्यक्रम लिएर आउने जानकारी दिएका छन् ।
भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रीत ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण हुन लागेको हो । गिरी यसमा होष्टको रुपमा देखिनेछन् । ‘ ‘