२०७८ साल कार्तिक ७ गते अाईतबार

भोजपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

न्युजलय २७ असोज २०७८, बुधबार १२:२३ मा प्रकाशित

भोजपुर । श्रीमतीको हत्या गरेको आरोपमा भोजपुरमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।   

४० वर्षीया श्रीमती छोती शेर्पाको हत्या गरेको आरोपमा भोजपुर सापासिलिछो गाउँपालिका वडा नम्बर ५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

फराछेतरले श्रीमतीमाथि धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 


हत्यापछि फरा उनलाई प्रहरीले साल्पासिलिछो गाउँपालिका ५ बाखुबाट फेला पारी पक्राउ गरेको हो।