कोसी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

न्युजलय १२ जेठ २०८२, आइतबार ०९:४० मा प्रकाशित

विराटनगर । कोसी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। आगामी आर्थिक वर्ष २०८२।०८३ को प्रदेश सभामा पेस भएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। 

कोसी प्रदेशको आइतबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हामीले मठ, मन्दिर, गुम्बालाई यो वर्षको नीति तथा कार्यक्रमलाई ल्याउन नसकिएको बताए। थुप्रै आयोजनाहरू मध्ये रुग्ण आयोजनाहरूलाई यो वर्ष प्राथमिकतामा राखेर योजना यो वर्ष पुरा गर्ने भनेर  नीति तथा कार्यक्रममा ल्याइएको प्रस्टीकरण दिए।