काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर निस्केका छन् ।
प्रदर्शनका बेला सुरक्षाको कारण देखाउँदै नेपाली सेनाले उनलाई ब्यारेकमा राखेको थियो । गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएयता उनी त्यहीँ बसेका थिए। उनी नौ दिनपछि बाहिर निस्किएका हुन् ।
जेएनजी प्रदर्शनकारीहरुले बालकोटस्थित पुरानो घर जलाइदिएपछि ओली भक्तपुरको गुण्डुस्थित भाडाको घरमा सरेका छन् । ओली भोलिदेखि नै पार्टी कार्यक्रममा सक्रिय हुने बताइएको छ ।