नेप्से परिसूचक २९.८९ अंकले घट्यो

न्युजलय ३२ जेठ २०७९, बुधबार १०:११ मा प्रकाशित

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २९.८९ अंकले घटेको छ । 

बुधबार(आज) दोस्रो बजारमा २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर ३० हजार ६०२ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा सीमित भयो ।

बुधबार कारोबारमा आएका मध्ये १७३ कम्पनीको मूल्य घट्दा २० कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको मूल्यमा कुनै परिवर्तन देखिएन । बुधबार कारोबारमा आएकामध्ये सबै उपसमूह घटेको छ । 

जसमध्ये व्यापार, लगानी, लाइफ इन्स्योरेन्स, जलविद्युत् र फाइन्यान्स उपसमूहको सूचक २ प्रतिशतसम्मले घटेको छ । घटेको बजारमा पनि आँधीखोला र सीवाईसी लघुवित्तको सेयर मूल्य ९सर्किट लेभलमा बढेको छ । दुवै कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको छ ।