फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीत सार्वजनिक

न्युजलय ३ फाल्गुण २०८०, बिहिबार ०६:०२ मा प्रकाशित

काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ को टाइटल गीत सार्वजनिक भएको छ ।  गीतमा गायक सुजन चापागाईंको स्वर र संगीत रहेको छ ।

गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ। मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ। अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।

भिडियोमा तन्नेरी अवतारमा देखिएका विपिन र मिरुना लेकको गोठमा प्रेमालाप गरिरहेका देखिन्छ। लेकको गोठ काठमाडौंमा सेट खडा गरेर तयार पारिएको हो

‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो। केहीदिनअघि फिल्मको पहिलो पोस्टर पनि निर्माण टिमले सार्वजनिक गरेको थियो।

फिल्ममा विपीन र मिरुना प्रमुख भूमिकामा छन्। त्यसैगरी माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको मुख्य भूमिका छ।