बालेन अस्वस्थ भएपछि फर्किए काठमाडौं

न्युजलय ८ फाल्गुण २०८२, शुक्रबार ०५:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह अस्वस्थ भएपछि काठमाडौं फर्किएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबारबेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।

दाङको घोराहीमा आज रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।