नेप्से ३१.१२ अंकले बढ्यो

न्युजलय ५ माघ २०८२, आइतबार ०९:०२ मा प्रकाशित

काठमाडौँ । आज नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ विन्दुमा पुगेको छ । 

आज सेयर बजारमा २२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

परिसूचक दोहोरो अंकले बढेको दिन ८ अर्ब माथिको कारोबार भएको छ ।

आज सेयर बजारमा ३३८ कम्पनीका १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर ९५ हजार ४४५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७७५ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा ४ कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ ।